सत्ता गठबन्धनबाट बाहिरिँदै जसपाको एमालेसँग चुनावी तालमेल

काठमाडौं– सत्ता गठबन्धनबाट बाहिरिँदै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा दुवै दलले ५२ सिटमा चुनावी तालमेलको सहमति गरेका छन् ।

सहमतिअनुसार एमालेले जसपालाई प्रतिनिधि सभामा प्रदेश नम्बर १ मा दुई सिट, मधेस प्रदेशमा १४ सिट, लुम्बिनी प्रदेशमा एक सिटमा सघाउने छ । एमालेले प्रदेश सभाका लागि सुदूरपश्चिम प्रदेशको १ (ख)मा पनि सघाउने सहमति भएको छ ।

जसपाले एमालेलाई ३५ सिटमा सघाउने सहमति भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.