गृहमन्त्री खाँणद्वारा रुपन्देही–३ बाट उम्मेदवारी दर्ता

रुपन्देही- गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्र्रीय सदस्य बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गृहमन्त्री खाँणले उम्मेदवारी दर्ता गराउनु भएको हो । पाँचदलीय गठनबन्धनको तर्फबाट उहाँले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
खाण २०७४ सालको निर्वाचनमा समानुपातिक उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्य हुनु भएको थियो ।
उम्मेदवारी दर्तापछि सम्क्षीप्त प्रतिक्रिया दिदै मन्त्री खाणले निर्वाचनलाई शमन्तिपुर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले मुलुकको संमग्र हितका लागि पाँच दलिय गठबन्धन भएको भन्दै गठबन्धनमा आबद्ध दललाई जनताले मत दिएर बिजयी गराउने बताउनु भएको भयो ।

गठबन्धनको तर्फबाट प्रदेश ३ क बाट लोकतान्त्रीक समाजवादी पार्टीका नेता सन्तोष पाण्डेय र ३ ख बाट काग्रेस नेता रामचन्द्र ढकालले उम्मेदवारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.