चितवनमा एकजना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२७ पुग्यो

काठमाडौं- भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले जारी गरेको सूचनामा विगत ६ दिनदेखि कोभिड-१९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको बिहिबार मृत्यु भएको हो ।

उनीसँगै कोरोना सङ्क्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ । यसैबीच नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २७ पुगेको छ । यसैगरी कोरोना संक्रमितको संख्या २९ हजार ६ सय नाघेको छ । हिजो पनि काठमाण्डौ उपत्यकामा २ सय बढी संक्रमित थपिएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.