जीवन रक्षालाई उच्च महत्व दिउँ- प्रम
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिबीच मनाउनु परेकाले विज्ञको सल्लाह र सरकारको निर्देशनअनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गर्नुभएको छ ।
नेपाली हिन्दू महिलाको ठूलो पर्व हरितालिकाका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था नरहेकाले महामारीले सिर्जना गरेको सीमाभित्र रहेर मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गर्नुभएको छ ।।
यस बर्षकाे तीज काेरोना महामारीले सिर्जना गरेकाे कष्टकर परिस्थितिका बीच मनाउनु परेकाे छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासकाे अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।
— K P Sharma Oli (@kpsharmaoli) August 21, 2020






प्रतिक्रिया राख्नुहोस्