रुसको आवासीय क्षेत्रमा सैन्य लडाकु विमान खस्दा चार जनाको मृत्यु

रुसको दक्षिणी शहर एसकस्थित आवासीय क्षेत्रमा एउटा सैन्य विमान खसेपछि कम्तीमा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
विमान खसेपछि एउटा अपार्टमेन्टमा आगो लागेको थियो । रुसी रक्षा मन्त्रालयले सैन्य प्रशिक्षणको क्रममा रहेको सु-३४ लडाकु विमानको एउटा इन्जिनमा अचानक आगो लागेपछि विमान दुर्घटनाग्रस्त भएको जनाएको छ ।
विमानमा सवार पाइलटहरू भने विमान खस्नुअघि नै प्यारासुटबाट सुरक्षित अवतरण गर्न सफल भएका थिए । घटनाबारे छानबिन गर्न गठित सरकारी समितिले अनुसन्धानलाई अघि बढाउँदै अनुसन्धानकर्ताहरूलाई घटनास्थलमा पठाइसकेको छ ।-






प्रतिक्रिया राख्नुहोस्