मोरङमा निषेधाज्ञा
विराटनगर– लकडाउन गर्दा पनि कोरोना संक्रमितहरु बढ्दै गएपछि मोरङका केही क्षेत्रमा शुक्रबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजे सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले विराटनगर महानगरपालिका, रंगेली नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ , कटहरी गाँउपालिकाको वडा नं. १, २, ३, ४ र ५ तथा बुढीगंगा गाँउपालिकाको वडा नं. १, २, ३ र ४ नम्बरमा निषेधाज्ञा जारी गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिनुभयो । यसैगरी जिल्लाभरी राति ९ बजे देखि हिडडुलमा पूर्ण रोक लगाइएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ बमोजिम लगाइएको निषेधाज्ञामा अत्यावश्यक बाहेकका काममा घर बाहिर निस्किन नपाउने जिल्ला प्रशासन कार्यालय मोरङले निकालेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्