थपलियाको चेतावनी- आचारसंहिता अवज्ञा गर्ने दुस्साहस नहोस्

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिनुभएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरुका सङ्घ संस्था र युवा प्रतिनिधिसँग आज आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख निर्वाचन उहाँले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने भएकाले आचारसंहिताको उल्लघङ्न र निर्देशनको अवज्ञा भएमा उल्लङ्घनकर्तालाई महँगो पर्नसक्ने चेतावनी दिनुभएको हो । उहाँले केही स्थानीय तहले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसक्ने जानकारी गराएको सन्दर्भमा ती तहलाई कारवाही हुने स्पष्ट गर्नुभयो ।

युवालाई सामाजिक सञ्जाल र अन्य माध्यमको उपयोग गरी निर्वाचनको सकारात्मक प्रचारप्रसार र मतदाता शिक्षा दिन आग्रह गर्दै उहाँले आचारसंहिताको उल्लघङ्न पाइएमा जुनसुकै माध्यमबाट उजुरी दिने सकिने अवगत गराउनुभयो । उहाँले निर्वाचनमा जित्नेभन्दा पराजित हुने उम्मेदवारको सङ्ख्या धेरै हुने भएकाले निर्वाचनपछिको राजनीतिक वातावरण धुमिल हुन नदिन र सौहार्दता कायमका लागि पनि युवाले सकारात्मक भूमिका खेल्न सक्ने उल्लेख गर्नुभयो ।

प्रमुख आयुक्त थपलियाले मतदान केन्द्र सकेसम्म अपाङ्गता मैत्री बनाउन आग्रह गरिएको र त्यसतर्फ आयोग सचेत रहेको स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “मतदाताको विवेकको मत प्रयोग गराउन मतदान अधिकृत, राजनीतिक दलका प्रतिनिधि र स्वयंसेवकलाई आयोगले सुम्पिएको विश्वासमा कुठाराघात नहोस्, स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहित निर्वाचन गराउने लक्ष्यमा हामी सबैको सहयोग चाहन्छौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.