बन्दाबन्दीमा धादिङका चेपाङलाई आर्थिक सहयोग

धादिङ- दक्षिणी धादिङका विपन्न चेपाङ्ग परिवारले आर्थिक सहयोग पाएका छन ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दैनिक ज्यालामा जान नसकेका चेपाङ्ग समुदायका परिवार समस्यामा पर्न थालेसँगै राहत उपलब्ध गराइएको हो ।

खासगरि त्यस्ता समुदायका विद्यालय उमेरका बालवालिकाहरुलाई समस्या आउन थालेपछि आवाश्यक राहत रामग्रीका लागि नगद सहयोग गरेको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले जानकारी दिनुभयो ।

पहिलो चरणमा चेपाङ छात्रावासमा बसेर अध्ययन गर्ने २३ जना बालबालिकाको परिवारलाई प्रति विद्यार्थी चार हजारको दरले आर्थिक सहयोग उपलब्ध गराइएको हो ।

यसरी पाएको राहत सहयोगले आफ्नो विद्यालयका लागि शैक्षिक सामग्री ब्यवस्थापनमा सहयोग पुग्ने बालवालिकाको भनाइ छ ।
बन्दाबन्दिका कारण चेपाङ्ग बालवालिकाहरुको अवस्थाका बारेमा गाँउमा नै पुगेर बुझेपछि समस्या देखिएकोले आर्थिक सहयोग गरिएको हो ।

अहिले कोरोनाको संक्रमणका कारण विद्यालयहरु बन्द छन ।
यसले गर्दा चेपाङ्ग समुदायका बालवालिकालाई आर्थिक अभावले विहान बेलुकीको छाक टार्न समेत समस्या परेको छ ।

यसले उनीहरु गर्जो टार्नका लागि कामको खोजीमा अन्यत्र जान सक्ने र पछि विद्यालय नआउने समस्या हुन सक्ने भन्दै घर घरमा नै पुगी आर्थिक सहयोग गरिएको अध्यक्ष बस्नेत बताउनुहुन्छ ।

गजुरी गाउँपालिमा शिक्षा सम्वन्धी विभिन्न परियोजना सञ्चालन गर्दै आएको ‘प्रयास’ नेपाल नामक गैर सरकारी संस्थासँग समन्वय गरी चेपाङ परिवारलाई आर्थिक सहयोग गरिएको अध्यक्ष बस्नेतले बताउनु भयो ।

यो सहयोग दक्षिणी धादिङको गजुरी, धुषा,र जोगिमाराका चेपाङ्ग बालवालिकाहरुलाई दिने ‘प्रयास’ नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.