बनेपामा संक्रमित क्षेत्रमा सिल

काभ्रे- बनेपा नगरपालिका वडा नम्वर १३ भैंसेपाटीस्थित स्पाइनल इन्जुरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र विरामीहरुमा शनिबार साँझ कोरोना संक्रमण देखिए उक्त क्षेत्रमा सिल गरिएको छ ।

बनेपाको भैंसेपाटी क्षेत्रमा अस्पताल आसपासका सबै क्षेत्रमा सिल गरिएको वडा अध्यक्ष सूर्यनारायण नापितले जानकारी दिनु भएको छ । भैसेपाटी स्थित स्पाइनल इन्जुरी अस्पतालमा शनिबार एकै दिन २३ जना कर्मचारी र विरामीमा संक्रमण देखिएको थियो । यस अघि एक जना स्वास्थ्यकर्मी र एक जना कर्मचारीमा संक्रमण देखिए पछि ५९ जनाको स्वाब परीक्षण गरिएको थियो ।

विरामी र कर्मचारी गरी अस्पताल परिसरमा झण्डै २ सय भन्दा धेरै छन् । अझै १ सय ११ जनाको स्वाव परीक्षण गर्नु पर्ने अस्पतालले जानकारी दिएको छ । अस्पतालले एक÷एक साता कर्मचारीहरुलाई आलोपालो गरिरहेको छ । सोहि कारण आधा कर्मचारीहरु उक्त संक्रमणको जोखिम भन्दा तत्कालका लागि बाहिर रहेको अनुमान अस्पतालले गरेको छ । स्थानीयहरु समेत भएकाले उक्त क्षेत्रमा नियमित घरबाट आउने जाने भएकाले समूदायमै संक्रमण फैलन सक्ने भएकाले कडाईका साथ शिल गरी परिक्षण कार्यलाई तीब्र बनाइएको छ । यस अघि उक्त वडामा अन्य व्यक्तिहरु संक्रमित भए भने संघीय प्रहरी कार्यालयमा कार्यरत १९ जना ब्यक्तिहरु संक्रमित भए ।

त्यस्तै शनिबार साँझ धुलिखेल अस्पतालमा शनिबार साँझ संक्रमण देखिएका १२ जनाको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान शुरु गरिएको छ । जस मध्ये धुलिखेल नगरपालिका वडा नम्वर ३, ६, ७, १०, पनौती नगरपालिका वडा नम्वर ५ र ९ लगायतका क्षेत्रमा उनिहरुको परिवार र अन्य व्यक्तिहरुको सम्पर्क खोजी परीक्षणको तयारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.