समानुपातिका एमालेको अग्रता कायमै, माओवादी फेरि तेस्रो नम्बरमा

काठमाडौं– समानुपातिकतर्फ अहिलेसम्म नेकपा एमालेले सबै भन्दा बढी २५ लाख ४८ हजार ४४७ मत प्राप्त गरेको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २४ १२ हजार ९४४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्र पुनः तेश्रो नम्बरमा उक्लिएको छ । उसले १० लाख ७७ हजार ९४६ मत पाएको छ । चौथो स्थानमा झरेको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६५ हजार ४ सय ९९ मत पाएको छ ।

प्रदेशसभा तर्फको समानुपातिक मतगणनामा मधेस प्रदेश बाहेक सवै प्रदेशमा नेकपा एमालेको अग्रता कायमै छ । मधेस प्रदेशमा भनेर नेपाली कांग्रेस अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)
२५,४८,४४७

नेपाली काँग्रेस
२४,१२,९४४

नेकपा माओवादी केन्द्र
१०,७७,७४६

राष्ट्रिय स्वतन्त्र पार्टी
१०,६५,४९९

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,४६,४५८

जनता समाजवादी पार्टी, नेपाल
३,३४,३९२

जनमत पार्टी
२,७५,३६५

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,५४,६६१

नागरिक उन्मुक्ति पार्टी
२,३८,१२३

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.