लुम्बिनी प्रादेशिक अस्पतालमा २ जना संक्रमितको मृत्यु

रुपन्देही- कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीमा आज दुई जनाको मृत्यु भएको छ । दुबै जनाको करिव १० मिनेटको अन्तरालमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मुत्यु भएको अस्पतालका डाक्टर सुदर्शन थापाले जानकारी दिनुभयो ।

बुटवल उपमहानगरपालिका– १ की ६७ वर्षीषा महिलाको आज दिउँसो १ बजे मृत्यु भएको हो ।
संक्रमण भएपछि उनलाई साउन ३१ गते अस्पताल भर्ना गरिएको थियो । उनी स्वाप्रस्वास, मृगौला र उच्चरक्तचापकी विरामी थिइन् ।

यस्तै समरीमाई गाउँपालिका–२, मुडुलाका ३८ वर्षका पुरुषको दिउँसो १:१० मृत्यु भएको हो ।

उनलाई स्वासप्रश्वासमा समस्या भएपछि भदौ १ गते अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा उपचारकै क्रममा निधन भएको लुम्विनी प्रादेशिक अस्पतालले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.