कोरोना संक्रमणबाट बुटवलमा २ जनाको मृत्यु

बुटवल– बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आज आइतबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत साउन ३१ ग्ते कोरोना संक्रमण पुष्टि भएका बुटवल वडा नम्बर १ की ६७ वर्षीया महिला र भाद्र १ गते कोरोना संक्रमण पुष्टि भएका रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका ३८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

लगातार ज्वरो आउने, मृगौला र स्वासप्रस्वासमा समस्या आएपछि भर्ना भएका दुबैजनाको भेन्टिलेटरमा राखि उपचार भइरहेको र आज अपरान्ह दुबै जनाको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.