चौँथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव काठमाडौँमा
काठमाडौँ- चौँथौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव -२०७९ भव्य रुपमा शुरु भएको छ।
काठमाडौं दरबारमार्गमा रहेको राइजिङ मलमा चौँथौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रमुख अथितिका रूपमा नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसी र नेपालकी प्रथम महिला अभिनेत्री भुवन चन्दको उपस्थिति थि्यो ।
त्यसैगरी, नेपालको पहिलो हास्य महिला कलाकार वसुन्धरा भुसाल, अन्तर्राष्ट्रिय निर्देशक तथा निर्माता एलिना नोडेल, एन मेटि स्कपलरेन लगायत का बिशेष अतिथिहरु पनि समारोहमा उपस्थित थिए ।
नेपाल संस्कृति तथा चलचित्र केन्द्र का अध्यक्ष सन्तोष सुवेदीले सभाको अध्यक्षता गर्नुभएको थियो । महोत्सबमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरु, निर्माता तथा निर्देशकहरुको उपस्थिति थियो।
महोत्सवमा नेपाल चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले चलचित्रलाई प्रवर्धन गर्न महोत्सवको भूमिका रहने र आफू पनि नेपाली चलचित्रको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यसैगरी, कलाकारहरु भुवन चन्द र वसुन्धरा भुसालले पनि महोत्सवको सफलताको कामनासहित शुभकामना व्यक्त गर्नुभएको थियो। समारोहमा ३४ राष्ट्रका सहभागिता रहेको थियो ।।
प्रतिक्रिया राख्नुहोस्