बुढीगण्डकी आयोजनामा ५ अर्ब ७६ करोड ८७ लाख रुपैँया मुआब्जा वितरण

धादिङ- राष्ट्रिय गौरवको बुढिगण्डकी जलविद्युत आयोजनाले आर्थिक वर्ष २०७६/७७मा धादिङ र गोर्खातर्फ ३२ सय २० रोपनी जमिनको मुआब्जा वितरण गरेको छ ।

दुबै जिल्लामा जमिन अधिग्रहण गरी मुआब्जा वितरण गर्न बाँकी धादिङतर्फ १९ सय ८७ र गोर्खातर्फको १३ सय ३३ रोपनी जमिन गरी जम्मा ३२ सय २० रोपनी जमिनको गत आर्थिक वर्षमा मुआब्जा वितरण गरेको हो ।

जमिनहरुको कुल पाँच अर्व ७६ करोड ८६ लाख ६१ हजार ८ सय ३२ रुपैँया मुआब्जावापत आयोजनाले रकम वितरण गरेको हो ।

दुबै जिल्लामा गरी हालसम्म ४७ हजार चार सय चालिस रोपनी जमिन अधिग्रहण गरी ३२ अर्व २७ करोड रुपैया मुआब्जा वापत रकम खर्चेको जानकारी आयोजनाले दिएको छ ।

यो सँगै मुआब्जा वितरणको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले आर्थिक वर्ष २०७५/७६ देखि नै घर गोठलगाएत अन्य संरचनाहरु, बोटविरुवा तथा फलफूल सम्वन्धि विश्लेषण गरी तथ्याङ्क संकलनको काम सुरु गरेको भएपनि अझै सम्पन्न भने भएको छैन ।

तर ति कामहरु अब निकट भविष्यमा नै सम्पन्न हुने गरी निरन्तर भइरहेको जानकारी दिइएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलँदै गइरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलने क्रम तिब्र भएको तर आयेजनाले भने रोगको संक्रमणबाट जोगिनका लागि सरकाले तोकेको स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएर काम गरिरहेको छ ।

आयोजनाले पुनर्वास तथा पुर्नस्थापना, घरगोठलगाएत अन्य भौतिक संरचनाको ह्रासकट्टी गर्ने नगर्ने, फिल्ड बुकमा भएका तर लालपुर्जा नभएका जमिनका बारेमा नीतिगत निर्णय हुन बाँकी रहेको पनि जानकारी दिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.