छैन गौरा पर्वको रौनक !

डडेल्धुरा- सुदूरपश्चिममा विशेषरुपमा मनाइने गौरा पर्व  हिजोदेखि सुरु भएको छ । हिजो पहिलो दिन विरुडा भिजाउँदै गौरा पर्वको शुरुवात भएको हो ।

गौरा पर्वको पहिलो दिन घर घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गर्छन ।  गौरा पर्व भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ। गौरा पर्वको पहिलो दिन  महिलाहरूले निराहार रही आ- आफ्नो घरको पुजा कोठामा तामा वा पित्तलको भाँडोमा पाँच प्रकारका अन्न भिजाउने गर्छन्।

भाडोमा दुबो, गोवर लगाई सिंगारेपछि विरुडा भिजाइन्छ । पाँच प्रकारका अन्नमा गहुँ, केराउ, गहत, मास र गुरुस पर्दछन्। यी पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ।

गौरा पर्व शुरु भए संगै चहलपहल देखिने सुदुरपश्चिम प्रदेशमा कोरोना भाईरसका कारण सुनसान रहेका छन् ।कोरोना भाईरसका कारण विगतका वर्ष जस्तो चहलपहल छैन ।

शहर बजारदेखि गाउँ गाउँमा घरकै मानिस वा एकल रुपमा मात्रै गौरा पर्व मनाईरहेका छन् । गौरा पर्व सामुहिक रुपमा नमनाउँन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आव्हान गरेपछि झनै सुनसान भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.