दिपायलमा कोटभैरव दुदेश्वर जोड्ने झोलुङ्गे पुलको उद्घाटन

डोटी- डोटी जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेको कोटभैरव दुदेश्वर जोड्ने झोलुङ्गे पुलको उद्घाटन गरिएको छ ।

सोमबार दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजि सिं खड्काले पुलको उद्घाटन गर्नुभयो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पुलको निर्माण गरिएको र कोटभैरव दुदेश्वर ऐतिहासिक ठाउँ हो । धार्मिक र पर्यटक बढाउन पुलले महत्वपुर्ण भूमिका खेल्ने दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख खड्काले बताउनुभयो ।

दिपायल सिलगढी नगरपालिका वडा नं. २ र ५ मा अवस्थित ऐतिहासिक तथा धार्मिक क्षेत्र डोटी राजदरबार, कोटभैरव मन्दिर तथा दुद्वेश्वर मन्दिरको प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाद्वारा निर्माण गरिएको झोलुङ्गे पुलको पुलको २ सय मिटर लम्बाइ र ७० मिटर उचाइ रहेको छ ।

दुदेश्वर कोटभैरव जोड्ने झोलुङ्गे पुल २०७८ साल असारमा सम्झौता भई बीचमा एक पटक म्याद थप भई २०७९ साल असोज महिनामा ९६ लाख ३९ हजार ७ सय ५८ लागतमा देब भूमि कन्स्ट्रक्सन निर्माण सेवाले निर्माण गरेको थियो ।

अहिले उक्त पुल भाइरल पुलका नामले पनि चर्चित छ । पुलमा दैनिक दुई तीन सय जना पुलमा घुम्न आउने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.