पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौं– पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको जनाएको छ । नयाँ मूल्य गएराति १२ बजेबाट लागू भएको छ । मूल्य घटेसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १७५ रूपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १८१ र डिजेल तथा मट्टीतेलको १७८ रूपैयाँ थियो ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य घटाइएको निगमले जनाएको छ। एलपी ग्यासको भने मूल्य यथावत छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.