एमाले प्रतिपक्षमा बस्छ : पौडेल

काठमाडौं- नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।

आज नेकपा (एमाले) पर्वत–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “नेकपा (एमाले) अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ ।”

उहाँले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको बताउनुभयो । उहाँले पर्वतबाट निर्वाचित सांसदहरुलाई जनताको पक्षमा काम गर्न र अहिलेको नतिजाबाट नआत्तिन समेत आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको पर्वतमा गत मङ्सिर ४ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो । साथै दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.