गठबन्धनभित्रबाट सरकार गठनको गृहकार्य भइरहेको छ: महासचिव भुसाल

काठमाडौं- नेकपा एकीकृत समाजवादीका महासचिव डा बेदुराम भुसालले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा नयाँ सरकार गठन हुने बताउनुभएको छ ।

नेकपा एकीकृत समाजवादीको काठमाडौँ निर्वाचन क्षेत्र नं ९ ले यहाँ आयोजना गरेको कार्यक्रममा महासचिव भुसालले निर्वाचन आयोगले परिणाम राष्ट्र प्रमुखलाई बुझाएपछिको अवस्थामा संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्रमा सरकार गठन गर्नुपर्ने बताउँदै त्यसका लागि गठबन्धनभित्र गृहकार्यका साथै छलफल भइरहेको बताउनुभयो ।

कम्युनिष्ट पार्टीलाई परिणाममुखी बनाउन लाग्नुपर्ने बताउँदै उहाँले पार्टीले देशभर सङ्गठन बिस्तार गर्दै गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो । निर्वाचनमा पार्टीको काममा निरन्तर खटेका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उहाँले निर्वाचन परिणामबाट हतोत्साहित नहुन आग्रह गर्नुभयो ।

पार्टीको शक्तिलाई पुनःगठित गरी आगामी चुनावको तयारीमा थप उत्साह र आशाका साथ अहिलेदेखि क्रियाशील हुन कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.