आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।

कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले कांग्रेसको नेतृत्वमा आगामी सरकार बनाउनका लागि गठबन्धन र अन्य दलसँग वार्ता संवाद गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । ‘गठबन्धनको सरकार छ, त्यसलाई निरन्तरता दिने लक्ष्य हो,’ उहाँले बैठकपछि संवाददाताहरुसित भन्नुभयो, ‘त्यसै अनुरुप गठबन्धनसँग औपचारिक अनौपचारिक छलफल हुन्छ ।’

गठबन्धनको सरकार बनाउन दुई सिट कम रहेकाले अन्य दलसँग पनि संवाद र परामर्श सुरु गरिएको उहाँको भनाइ छ ।

कांग्रेस ठूलो दल भएकाले आफ्नो नेतृत्वमा सरकार गठन हुनु स्वभाविक रहेको महतले बताउनुभयो ।

कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रियाका लागि सहमहामन्त्री भीष्मराज आङदेम्बेको नेतृत्वमा पुष्पा भूसाल र प्रकाश रसाइली स्नेही रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

कांग्रेसले चार दिनभित्रै दलको नेता चयन गर्ने तयारी गरेको छ ।

बैठकले सातै प्रदेश सभा संसदीय दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।

कांगेंसले सातै प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउने वा समर्थन गर्ने विकल्पबारे छलफल गर्न प्रदेश समितिलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.