सचिवालय बैठकः वामपन्थी शक्तिलाई एकताबद्ध गर्ने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले समान विचार भएका राजनीतिक दलसँग एकताबद्ध भएर बलियो सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्ने भएको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको सचिवालय बैठकले स–सना छरिएका कम्युनिष्ट पार्टी, वामपन्थी शक्तिका साथै समान राजनीतिक दृष्टिकोण भएका समूहलाई एकजुट गर्ने निर्णय गरेको हो ।

बैठकमा सत्ता गठबन्धनलाई एकताबद्ध गरी साझा उम्मेदवारको नेतृत्वमा सरकार निर्माण गर्ने विषयमा छलफल गरिएको छ । निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको चुनावी समीक्षा, मुलुकको समसामयिक राजनीतिक अवस्था तथा आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल गरिएको बैठकमा यही पुस ४ गते संसदीय दलको बैठक बोलाउने निर्णय भएको प्रचार विभाग प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

यसैबीच पार्टी अध्यक्ष नेपालसँग वामपन्थी नेता वामदेव गौतमले भेटवार्ता गरी एकताबद्ध भएर जाने विषयमा छलफल भएको छ । अध्यक्ष नेपालसँग लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि भेटवार्ता गर्नुभएको पार्टीले जनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.