आइसोलेसन तोडफोडमा थप चार पक्राउ

संखुवासभा– संखुवासभामा कोरोना संक्रमित राख्न बनाइएको आइसोलेसन तोडफोड र स्वास्थ्य सामग्री हराएको आरोपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ ।

संखुवासभा खाँदबारीमा रहेको हिमालय किरण क्याम्पसमा भएको आइसोलेसनमा बिहीबार राति तोडफोड पछि आईसोलेसनमा राखिएका सामान हराएको थियो । सोमबार प्रेस विज्ञप्ती जारी गरेर प्रहरीले तोडफोड र सामान गायव बनाएको आरोपमा खाँदबारी ७ का हरि बुढाथोकी, पासाङ शेर्पा, विकास थापामगर र लाखबहादुर राईलाई पक्राउ गरेको हो । उनीहरुलाई अनुसन्धान गर्न पक्राउ गरिएको डिएसपी नवराज मल्ले बताउनुभयो ।

यस अघि प्रहरीले तोडफोडको आरोपमा क्याम्पस प्रमुख मात्रिकाप्रसाद तिम्सिलाई पक्राउ गरिसकेको प्रहरीले उल्लेख गरेको छ । तोडफोड पछि हराएका स्वास्थ्य सामग्री खोजतलास भइरहे पनि फेला नपरेको डिएसपी मल्ले बताउनुभयो ।

जिल्ला अस्पतालले हिमालय किरण क्याम्पसमा आइसोलेसनमा रहेको करिब १५ लाख बराबरको सामग्री हराएको दाबी गरेको छ । अस्पतालका मेसु सुन्दरश्याम झाका अनुसार ७० पीपीई सेट, प्यासेन्ट मनिटर, सक्सन मेसिन, अक्सिजन मेसिन, अक्सिजन डिभाईडर लगायतका सामाग्री हराएको हो । अहिले हिमालय किरण कै आइसोलेसनमा ४ जना कोरोना संक्रमित उपचार गरिरहेको अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताउनुभयो ।

तोडफोड पछि पुनः अस्पतालबाट नयाँ स्वास्थ्य सामग्री लगेर ४ जना कोरोना संक्रमितको उपचार गरिरहेको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.