एमाले संसदीय दलको नेतामा अध्यक्ष ओली निर्विरोध निर्वाचित

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेतामा निर्विरोध चयन हुनुभएको छ ।

प्रज्ञा भवन कमलादीमा मंगलबार बसेको पहिलो संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई निर्विरोध चयन गरेको उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष नेम्वाङको समर्थनमा ओली निर्विरोध चयन हुनुभएको हो ।

२०७० सालमा तत्कालिन पार्टी अध्यक्ष झलनाथ खनाललाई दलको नेता हराउँदै निर्वाचित हुनुभएका अध्यक्ष ओली २०७४ मा भने सर्वसम्मत दलको नेता हुनुभएको थियो ।

प्रतिनिधिसभामा एमालेका ७८ जना सांसद छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.