रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत

काठमाडौं- बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिनुभयो ।

भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मनुभएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गर्नुभएको थियो ।

सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका स्व बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षामन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्षसमेत हुनुभएको थियो ।

उहाँ नेपाल बार एशोसिएशनको संस्थापक सदस्य पनि हुनुभयो । सत्तरी वर्षको उमेरमा बुद्ध एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत आकाशयात्रामा जोड्नुभएको थियो । स्व बस्नेतका दुई छोरा र एक छोरी हुनुहुन्छ । जेठा छोरा वीरेन्द्रबहादुर बस्नेत बुद्ध एयरको प्रबन्ध निर्देशक हुनुहुन्छ । बस्नेतले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका लागि खुलासमेत गर्नुभएको थियो ।

“हामीले एक असल अभिभावक गुमाए पनि उहाँले देखाउनुभएको बाटालाई बुद्धएयरकर्मीले सधैँ अनुशरण गरी अगाडि बड्नेछौँ, हाम्रा अभिभावकप्रति हार्दिक श्रद्धासुमन’, बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.