प्रधानमन्त्री दाहाल सरकारी निवासमा
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटारमा सर्नुभएको छ ।
बुधबार साँझ प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार प्रवेश गर्नुभएको हो ।
बालुवाटारमा प्रधानमन्त्रीलाई सरकारी उच्च अधिकारी तथा निवासका कर्मचारीहरुले स्वागत गरेका थिए ।
दाहालले दुई दिनअघि कार्यभार सम्हाल्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्