चिकित्सकलाई छिछिः दुरदुर नगरौंः डा. कार्की

काठमाडौं– नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सकलाई निरुत्साहित नगर्न अपिल गर्नुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार कुरा गर्दै अध्यक्ष कार्कीले चिकित्सकलाई छिछिः दुरदुर नगर्न अपिल गर्नुभएको हो । उहाँले जुनसुकै व्यक्ति संक्रमित हुन सक्ने बताउँदै अस्पतालमा उपचार गर्ने चिकित्सक नै हुन् भन्ने नबिर्सन आग्रह गर्नुभयो ।

सामाजिक दुरी कायम राख्ने हो भने संक्रमणबाट जोगिन सक्ने बताउँदै उहाँले चिकित्सकविरुद्ध होइन कोभिड १९ विरुद्ध लडन् अपिल गर्नुभयो ।

बानेश्वरमा स्वास्थ्यकर्मी बसेको होस्टलमा भएको अवरोधप्रति चिन्ता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.