जोखबहादुर महरा लुम्बिनी प्रदेश सभामा माओवादी संसदीय दलको नेता

दाङ- नेकपा पार्टी (माओवादी केन्द्र) लुम्बिनीमा दल नेतामा स्थायी समितिका सदस्य एवं रोल्पा १ (क)बाट प्रदेश सभा सदस्य जोखबहादुर महरा चयन हुनेभएको छ ।
प्रदेशसभा सदस्यहरुको बैठकले उहाँलाई दलनेताको रुपमा निर्वाचित गरेको हो । लुम्बिनीमा प्रदेशमा (माओवादी केन्द्र) ९ जनाको प्रदेश सभास दस्यहरुले सर्वसमति रुपमा निर्वाचित गरेको हो ।
बैठकमा स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालको उपस्थितिमा सर्वसम्मत सहमति भएको थियो ।





प्रतिक्रिया राख्नुहोस्