टिकौली जंगल क्षेत्रमा ‘राडारगन’ जडान

चितवन- चितवनको जौविक मार्गको रुपमा परिचित टिकौली जंगल क्षेत्रमा  ‘राडारगन’ (गति मापन यन्त्र)को प्रयोग गरिएको छ । पूर्व पश्चिम राजमार्गको रत्ननगर नगरपालिका र भरतपुर महानगरको सिमानमा पर्ने टिकौली जंगल क्षेत्रमा जुनसुकै बेला सवारीको गति मापन गर्ने अभियान सुरु गरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रविराज पौडेलले जानकारी दिनुभयो ।

तिब्र गतिका कारण दुर्घटना बढेको भन्दै प्रहरीले राजमार्गमा चेकजाँचमा कडाइ गरेको उहाँले स्पष्ट पार्नुभयो।

वनवन्तु संरक्षणमा महत्वपूर्ण चासो रहने यस ठाँउमा सवारी दुर्घटना हुँदा वन्यजन्तुसमेत अकालमा मर्नुपर्ने बाध्यता आएपछि अभियान सुरु गरिएको हो ।

कार्यालयले तिव्र गतिमा सवारी चलाउनेलाई परैबाट राडर गन (गति मापन यन्त्र) प्रयोग गर्ने अभियान वागमती प्रदेशको १० जिल्लामा सुरु गर्ने कार्यालयका प्रहरी बरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिनुभयो ।

प्रहरीले लुकेर साइडबाट राडर गनको माध्यमले सवारी कुन गतिमा गुडेको छ पत्ता लगाउन थालेको छ ।

सडकमा प्रतिघण्टा ४० किलोमिटर मात्र गुड्न सकिने सडकमा सवारीले प्रतिघण्टा ८० किमीसम्म गुडाउन थालेपछि राडर गन प्रयोग गरिएको खकुरेलले जानकारी गराउनुभयो।

सवारीहरुको गति सिमित नहुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै सर्वसाधरणहरुलाई यात्रा गर्न समेत जोखिम थियो । तिव्र गतिका कारण हुने सवारी दुर्घटनालाई कम गर्ने र नागरिकको समस्यालाई समाधान गर्ने उद्धेश्यसहित सवारीको गति मापन यन्त्र बिहिबारबाट नियमित गरिएको हो ।

राडार गनबाट टाढाको दुरीमा गुडेको सवारीको गति क्यामेराबाट थाहा पाउन सकिन्छ भने यन्त्रबाट निस्कने आवजले पनि सवारी तिव्र गतिमा गुडिरहेको छ भन्ने संकेत गर्दछ ।

आज सदरमुकामबाट बाहिरीने र भित्रिने सवारीको गति मापन गरिएको र केहि सवारीले तोकिएको भन्दा बढि गतिमा सवारी चलाएको पाईएको कार्यालयका प्रहरी बरिष्ठ नायब निरीक्षक उमेश महत्तोले बताउनुभयो ।

उहाँले पहिलो दिन १८ जनालाई कार्वाही गरि १८ हजार राजश्व संकलन भएको बताउनुभयो ।   सुरुको दिन भएकोले उनिहरुलाई ट्राफिक नियम र राडार–गनको बारेमा जानकारी गराएर छाडिएको छ ।

अबका दिनहरुमो तिव्र गतिमा सवारी चलाएको पाइएमा  तत्काल कार्वाही गरिने महत्तोले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.