होटल व्यवसायी महासंघको अध्यक्षमा चुके निर्वाचित
चितवन- होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके निर्वाचित हुनुभएको छ ।
चितवनको भरतपुरमा सम्पन्न १० औं साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको हो । अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा, प्रशासन (संगठन) उपाध्यक्षमा वीरञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती निर्वाचित हुनुभएको छ । यस्तै उपाध्यक्षमा भाईचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तीलक बहादुर कार्की र देवी गौतम निर्वाचित हुनुभएको छ ।
महिला उपाध्यक्षमा धनादेवी चोखाल, महासचिवमा तुल्सीराम भण्डारी र उपमहासचिवमा राजेश महोत्रा निर्वाचित हुनुभएको छ । सचिवमा राजु अधिकारी, कमल बहादुर बम, धनेश्वर भण्डारी,तारा प्रसाद आचार्य,जनक बहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन र मित्र प्रसाद ढकाल निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सुदिप कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । अध्यक्षभएसगैँ चुकेले होटल व्यवसायीहरुको हकहित र पर्यटन प्रवर्द्धनका लागि महासंघले नयाँ कार्यक्रमहश्र घोषण गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले कोभिडको कारण थलिएको पर्यटनलाई उकास्न नयाँ रणनीति, तथा कार्यनीति आवश्यक भएकोले सरकारले व्याज छुट होटल व्यवसायी मैत्री नीति अबलम्बन गर्न आवशयक रहेको स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्