नियुक्त भएको तीन महिनामै युक्रेन युद्धका शीर्ष रुसी सैन्य कमाण्डर बर्खास्त

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धका शीर्ष सैन्य कमाण्डरलाई पदबाट हटाउनुभएको छ । राष्ट्रपति पुटिनले सैन्य प्रमुखमा नियुक्त गरिएको तीन महिनाभित्रै युसेरगेई सुरोभिकिनलाई पदबाट हटाउँदै जेनरल भ्लालेरी गेरासिमोफलाई नियुक्त गर्नुभएको छ ।

सुरोभिकिनले युक्रेनी ऊर्जा संरचनाहरूमा हालै भएका सैन्य आक्रमणको नेतृत्व गर्नुभएको थियो । जेनरल गेरासिमोफले अब विशेष सैन्य कारबाहीले नेतृत्व गर्ने पनि राष्ट्रपति पुटिनले जनाउनुभएको छ । पूर्वी युक्रेन आफ्नो नियन्त्रणमा लिन सफल भएको भन्ने रुसी दाबीका बीच राष्ट्रपति पुटिनले यो फेरबदल गर्नुभएको हो ।

यसैबीच पुटिनले रुसको बिग्रँदो अर्थतन्त्र र युक्रेनविरुद्धको युद्धमा रुसको कमजोर हुँदै गएको भूमिकाका सम्बन्धमा आक्रोश व्यक्त गर्नुभएको छ । भिडियो कन्फरेन्समार्फत् गरिएको सरकारी बैठकका क्रममा राष्ट्रपति पुटिनले सेना र नागरिकका लागि विमानहरू खरिद गर्न नसकेको भन्दै उपप्रधानमन्त्री देनिस मान्टुरोफको आलोचना गर्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.