प्रदेश १ को उपसभामुख निर्वाचन आज

विराटनगर- प्रदेश नं १ प्रदेशसभाको उपसभामुखको निर्वाचन आज हुने भएको छ ।

प्रदेशसभाको उपसभामुखका लागि नेपाली कांग्रेसका तर्फबाट लिलाकुमारी राई र नेकपा (एमाले)की सिर्जना दुनुवारको उम्मेवारी रहेको प्रदेश सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । प्रदेशसभाको आज बिहान ११ बजे बस्ने वैठकले मतदान प्रकियाद्वारा उपसभामुखको चयन गर्ने छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, नेकपा (माओवादी केन्द्र) को १३, राप्रपाको छ, नेकपा (एकीकृत समाजवादी) को चार र जसपाको एक सदस्य गरी ९३ सदस्य रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.