कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि कुटपिट

झापा- एथलेटिक्सकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि झापामा कुटपिट भएको छ । उनी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकी दुई स्वर्ण पदक विजेता हुन् ।

मेचीनगर–१३ चारआलीका दुर्गाबहादुर श्रेष्ठ र उनकी पत्नी विष्णु श्रेष्ठले लामगादेलाई जातीय गालीगलौज गर्दै सोमबार राति निर्घात कुटपिट गरेका हुन् । श्रेष्ठ पूर्व सेना हुन् । कुटपिटका कारण घाइते लामगादेको बिर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ । उनको सात महिनाको गर्भ रहेको बताइएको छ । लामगादेका श्रीमान सुमन खाती पनि घाइते छन् ।

कोरोना संक्रमणका कारण गर्भवती उनलाई प्रहरी मुख्यालयले इलाका प्रहरी कार्यालय धुलाबारीमा हाजिर गर्ने सर्तमा काज बिदामा राखेको थियो ।

पूर्व सेना श्रेष्ठ र उनकी पत्नीले सोमबार राति करिब ८ बजे स्थानीय राजन दर्जीमाथि कुटपिट गरेका थिए । उनी भाग्दै घर आएपछि लामगादे र उनका पतिले छुट्याउने प्रयास गरेका थिए । सोही क्रममा हामीलाई समेत कुटियो ।’ उनले श्रेष्ठ दम्पतीले जातीय गालीगलौज गर्दै अन्धाधुन्ध कुटपिट गरेका थिए ।

यसैबीच जातीय विभेदसहित कुटपिट गरेको भन्दै चन्द्रकलाका श्रीमान सुमनले श्रेष्ठ दम्पतीविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जोहरी दिएका छन् । कार्यालयका प्रहरी निरीक्षक कैलाश चौधरीले जातीय दुर्व्यवहारसहित कुटपिट गर्नेलाई कानुन अनुसार कारबाहीका लागि प्रक्रियाअघि बढाइएको जनाए ।

चन्द्रकलाले सातौ र आठौं राष्ट्रिय खेलकुदमा दुई दुई गोल्डमेडल र दुई दुई राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

चन्द्रकलाका श्रीमान सुमन खाती उपचार पछि सामान्य भएको बताएका छन् । परिवार मेचीनगर १३ चारआली स्थित होटल सञ्चालन गर्दै आएका छन् ।

पिडक दुर्गा श्रेष्ठ प्रहरी नियन्त्रणमा छन भने उनकी श्रीमती विष्णु माया विर्तामोड स्थित विएनसी मा उपचररत छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.