डाँडैभरि लालीगुराँस (फोटो फिचर)

डोटी-  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु…’
स्वरसम्राट नारायण गोपालको स्वरमा सजिएको यो गीत नसुन्ने विरलै छन् । हो यही गीतको भावसँग मिल्दोजुल्दो अहिले सुदूर पहाडका वन जंगल रातै देखिएका छन् ।

यो बेला जंगलैभरि लालीगुराँस फुलेर राताम्य भएका छन् । यो दृश्य डोटीको बडिकेदार गाउँपालिकाको खड्यौली क्षेत्रबाट कैद गरिएको हो । खड्यौली क्षेत्रमा अहिले जताततै राताम्य छ ।

वरपर लालीगुराँस फुलेका छन् । वनपाखा पूरै रमाइलो छ । कोइलीको कुहुकुहु सुरु हुन थालिसक्यो । अत्याधिक चिसो हुने डाँडोमा अहिले ठीक्कको मौसम छ ।

बिहानै पारिलो घाम लाग्छ । दिउँसो गर्मी भएपनि साँझ पुनः उस्तै चिसो मौसम हुन्छ । यही मौसम र डाँडैभरि ढकमक्क फूलेका लालिगुराँसको आनन्द लिन लागि बडिकेदारको यात्रा गर्न पर्यटक लालायित हुन्छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.