ग्यास सिलिण्डर विस्फोटमा घाइते सांसद चन्द्र भण्डारीकी आमाको निधन
काठमाडौं- ग्यास सिलिन्डर विस्फोटमा घाइते हुनुभएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।
उहाँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा १०:५७ बजे मृत्यु भएको मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिनुभयो ।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास विस्फोट हुँदा हरिकला र सांसद भण्डारी गम्भीर घाइते हुनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्