उपत्यकामा मात्रै ४ सय १५ जना संक्रमित, देशभर संक्रमित संख्या ९ सय २७ पुग्यो
काठमाडौं– काठमाडौं उपत्यकामा मात्रै २४ घण्टामा ४ सय १५ जना संक्रमित थपिएका छन् ।
उपत्यकामा कोरोना संक्रमण दर निरन्तर उकालो लागेको छ । नियमित प्रेस ब्रिफिङमा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार काठमाडौंमा ३ सय ५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना संक्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर ९ सय २७ कोरोना भाइरस (कोभिड– १९) संक्रमित थपिएका छन् । १०२२९ जनाको पीसीआर परीक्षण गर्दा ९ सय २७ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा १६९ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म २०२४२ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या १६०१९ रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्