आइसिसी विश्वकप क्रिकेटः नेपाल र स्कटल्याण्ड बीचको खेल जारी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज घरेलु टोली नेपालले स्कटल्याण्डसग खेल्दैछ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले फिल्डिङ रोजेपछि स्कटल्याण्डले ब्याटिङको निम्तो पाएको छ । तीन खेल अगावै लिग २ च्याम्पियन बनेको स्कटल्यान्डलाई नेपालले पहिलो खेलमा हराएको थियो ।

उत्कृष्ट लयमा देखिएको नेपालले प्रतियोगिताको पहिलो खेलमा नामिबियालाई पराजित गरेको थियो भने दोस्रो खेलमा स्टकल्याण्डलाई २ विकेटले हराएको थियो ।

२७ खेल खेलेको नेपाल २४ अंकसहित तालिकाको छेटौं स्थानमा रहेको छ । शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्ने नेपालको सम्भावना कायमै रहेको छ । सन् २०१९ देखि सुरु भएको आईसीसी लिग २ मा नेपालसहित सातवटा राष्ट्र सम्मिलित छन् ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.