स्पाइनल इन्जुरी अस्पतालमा २७ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रे- स्पाइनल इन्जुरी अस्पतालमा मात्र आज एकै दिन २० पुरुष र ७ महिला सहित २७ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बनेपा नगरपालिका वडा नम्वर १३ साँगामा रहेको स्पाइनल इन्जुरी अस्पतालमा यस अघि ४० जनामा कोरोना पुष्टि भई सकेको छ यो सँगै अस्पतालमा संक्रमितको संख्या ६८ पुगेको छ ।

बनेपा नगरपालिका १३ भित्र मात्रै शुक्रबार दिउँसोसम्म १ सय ३ जनामा कोरोना पु्ष्टि भएको छ । सोहि वडामा पूर्वराज्य मन्त्री, जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी लगायतलाई संक्रमण पुष्टि भइसकेको छ । असार २६ गते पहिलो ब्यक्तिमा देखिएको कोरोना उक्त वडाका १ सय ३ जनामा फैलिएको हो । संघीय प्रहरी इकाईमा कार्यरत १९ जना प्रहरीमा पनि सोहि वडामा संक्रमण देखिएको छ । अस्पताल भित्र संक्रमण फैलिएसँग वडा सिल गरिए पनि संक्रमण नियन्त्रणमा आउन सकेको छैन । नगरपालिकाले उक्त क्षेत्रमा कडाई गरे पनि समुदायमा फैलिएको संक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ ।

समुदायमा संक्रमण फैलिएको भन्दै स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले संक्रमण नियन्त्रणका लागि स्वास्थ्कर्मीहरुको टिम परिचालन गरिएको बताउनुभयो । बनेपा नगरपालिकामा मात्र १ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा हाल सम्म २ सय २२ जनामा कारोना पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.