नेपाली दूतावासद्वारा बहराइनमा डा. रुइतको सम्मानमा स्वागत कार्यक्रमको आयोजना

बहराइन- मानवताको सेवाका लागि इसा पुरस्कार विजेता नेपाली नेत्र रोग विज्ञ डा. सन्दुक रुइतको सम्मानमा नेपाली दूतावास बहराइनले विहिवार बहराइमा एक स्वागत कार्यक्रमको आयोजना गर्‍यो ।

कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्लेले नेपाली नेत्र रोग विशेषज्ञ डा. रुइतले प्राप्त गर्नु भएको इसा पुरस्कारले विश्व भरिनै नेपालीहरुको शिर उच्च पार्ने काम गरेको बताउनु भयो ।

राजदूत वाग्लेले नेपाली नेत्र रोग विशेषज्ञ डा. रुहितलाई प्राप्त इसा पुरस्कारका लागि नेपाल सरकार, नेपाली दूतावास बहराइन र बहराइनमा रहेका नेपाली समूदायका तर्फबाट बहराइनका राजा र इसा पुरस्कार छनौट समितिलाई धन्यवाद दिनुभयो ।

यो पुरस्कारले नेपाल र बहराइनवीचको सम्वन्धमा समेत नयाँ आयाम थपेको बताउँदै उहाँले डा रुइतलाई सहभागी गराएर आँखा शिविर गर्न विभिन्न अन्तराष्ट्रिय समूदायबाट चासो व्यक्त भएको बताउनु भयो ।

नेपाली नेत्र रोग विज्ञ डा. सन्दुक रुइतले भविश्यमा अगाडी बढ्न पुरस्कारले थप प्रेरणा मिलेको बताउनु भयो । सो अवसरमा नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्टले डा. रुइतले प्राप्त गर्नु भएको इसा पुरस्कारले नेपालीहरुको इज्जत बढाएको बताउनु भयो ।

कार्यक्रममा नेपाली क्लब बहराइन र बहराइनस्थित विभिन्न नेपाली संस्थाहरुको तर्फबाट डा. रुइतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.