सप्तरीको बोदे बर्साइनमा आगलागी, लाखौंको क्षति

सप्तरी- सप्तरीको बोदे बर्साइन नगरपालिकामा भएको आगलागीमा लाखौंको क्षति भएको छ । नगरपालिकाको वडा नम्बर १० खडकपुमा बिहीबार अचानक आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।

स्थानीय पलनु यादवको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उहाँको घरसहित गोहालु यादव, उमेश यादव र बिरेन्द्र यादवको घर जलेको छ । हावा चलेको बेला आगो सल्केकाले छोटो समयमै चार घर खरानी बनाएको पीडितहरुले बताएका छन् ।

आगलागीमा परी ती व्यक्तिहरुको घर र घरभत्रका सम्पूर्ण सामान जल्दा २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगोलाई स्थानीय बासिन्दा, प्रहरी तथा शम्भुनाथ र राजविराज नगरपालिकाको बारुण यन्त्रको सहयोगमा निभाइएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.