पाल्पामा थप एक साताका लागि निषेधाज्ञा

पाल्पा- जिल्ला प्रशासन कार्यालय पाल्पाले थप एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।
गत भदौ ५ गतेदखि आज राती १२ बजेसम्मका लागि लागू गरिएको दोस्रो चरणको निषेधाज्ञाको समयावधि आज राती सकिने भएपछि पुनः थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको आज बसेको बैठकले जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप एक साताका लागि निषेधाज्ञा आदेश गरेको हो ।
बैठकले निषेधाज्ञाअवधीभरका लागि सार्वजनिक तथा निजी सवारी बाहेकका एम्बुलेन्स, शववहान, खाद्य सामाग्री, औषधी, दाना, पानी, दुध, फलफूल, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन तथा, झण्डाबहाक र कुटनीतिक नियोगका सवारी सुचारी गर्ने निर्णय गरेको छ ।
हाल जिल्लामा कोरोना संक्रमित मध्ये ११ जना सकृय संक्रमित रहेपनि उनीहरुमध्ये ५ जना समुदायका रहेका छन अन्य ५ सय ६१ जना निको भएर घर फर्किएका छन् । एक जना पुरुषको भने मृत्यु भइसकेको छ ।






प्रतिक्रिया राख्नुहोस्