एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिन्छः अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने बताउनुभएको छ । आज संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले शनिबार एमालेले राष्ट्रपतिमा मनोनयन गराउने बताउनुभएको हो ।

ओलीले सत्ता गठबन्धनमा पुष १० गते नै राष्ट्रपति एमालेले पाउने सहमति भइसकेकाले एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जिकिर गर्नुभयो । उहाँले अरु घटनाक्रममा बिषयमा आफुलाई केहि जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।

राष्ट्रपति निर्वाचनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.