ट्रम्पको उम्मेदवारीलाई औपचारिक मनोनयन

न्यूयोर्क– अमेरिकाको सत्तारुढ दल रिपब्लीकन पार्टीले आगामी नोभेम्बर महिनामा हुन लागेको अमेरिकी राष्ट्रपति निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको उम्मेदवारीलाई औपचारिक मनोनयन गरेको छ ।
ह्वाइट हाउसबाट ट्रम्पको उम्मेदवारी घोषणा भएसंगै अब आगामी चुनावमा रिपब्लीकन पार्टीबाट राष्ट्रपति ट्रम्प र डेमोक्र्याटिक पार्टीबाट जो बाइडेन गरी दुई मुख्य प्रतिस्पर्धी हुनु भएको छ । ह्वाइट हाउसको परिसरमा भएको उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले विपक्षी डेमोक्र्याट पार्टीबाट उम्मेदवार बन्नुभउका नेता बाइडेनको आलोचना गर्दै उहाँका नीतिहरु अमेरिकाका लागि निकै खतरनाक र घातक रहेको आरोप लगाउनु भयो ।
एक घण्टाभन्दा बढी समय सम्बोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट अमेरिकालाई जोगाउन आफूले निकै सफलता पाएको दाबी पनि गर्नुभयो । कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा चुनावी कार्यक्रमहरु भर्चुअल बैठक, छलफल र टेलिभिजन सम्बोधनमा सीमित रहेपनि राष्ट्रपतिका दुबै आकाँक्षीले आगामी सातादेखि चुनावी प्रचारलाई तिब्र बनाउने जनाउनु भएको छ । हाल डिलावेयरस्थित आफ्नै निवासमा रहनु भएका डेमोक्र्याटिक पार्टीका जो बाइडेनले चाँडै चुनावी अभियान शुरु गर्ने बताउनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्