फ्रान्समा गत मार्च महिना यताकै धेरै संक्रमित

पेरिस– फ्रान्समा गत मार्च महिना यताकै धेरै कोरोना भाइरसका संक्रमितहरु फेला परेका छन् ।

यूरोपमै तेस्रो ठूलो संक्रमित मुलुक भएर विस्तारै सम्हालिदै गरेको मुलुकमा फेरि संक्रमण बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रनले देशव्यापी लकडाउनको तयारी गर्नुभएको छ । फ्रान्समा शुक्रवार एकै दिन थप ७ हजार ३७९ नयाँ संक्रमित भेटिएका छन् । थप भएको संख्यासंगै त्यहाँ कूल संक्रमित संख्या २ लाख ६७ हजार भन्दा माथि पुगेको छ । संक्रमणको दर निकै उच्च रहेका बेला गत मार्च महिनाको अन्तिम दिन त्यहाँ ७ हजार ५७८ जनामा संक्रमण पुष्टि भएको थियो ।

तर पछिल्लो संख्याले फ्रान्समा पुन भाइरसको संक्रमण फैलन सक्ने सम्भावना बढेको त्यहाँका स्वास्थ्य मन्त्रीले बताउनुभएको छ । विश्वभर भने कोरोनाबाट संक्रमितको संख्या २ करोड ४८ लाख माथि पुगेको छ । विश्वभरमा मृत्यु हुनेको संख्या भने ८ लाख ४० हजार नाघेको छ । १ करोड ७२ लाख भने संक्रमण मुक्त भएको तथ्याङ्क छ । सबैभन्दा बढि प्रभावित मुलुक अमेरिका हो भने त्यसपछि ब्राजिल र भारतमा धेरै संक्रमित छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.