अरिंगालको टोकाइबाट बालकको मृत्यु

सुर्खेत– पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–६, माथिल्लो भाप्रका ७ वर्षीय बालकको अरिंगालको टोकाइबाट मृत्यु भएको छ ।

जीवन ज्योति माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत खगेन्द्र बयकको शनिबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार बयकलाई गुटु स्वास्थ्य चौकीमा उपचारका लागि लैजाने क्रममा राति नौ बजे मृत्यु भएको हो ।

माथिल्लो भाप्रको रातीमाटे डाँडामा गाईगोरु चराउन गएका बेला शुक्रबार दिउँसो चार बजे बालकलाई अरिंगालले टोकेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.