जंगलमा लागेको आगो बस्तीमा पसेपछि घरहरूमा क्षति

तेह्रथुम‍- तेह्रथुमको आठराई गाउँपालिका-५ छातेढुंगास्थित होडामा आगलागी हुँदा चार वटा घर जलेर नष्ट भएको छ ।

स्थानीय भिम लिम्बू, अटलबहादुर राई, अमरबहादुर राई र जितेन्द्र राईको घर नष्ट भएको आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले बताउनुभयो । लिम्बूको घर बसोबास गर्दैगरेको घर हो भने अन्य घरहरू खाली रहेको बताइएको छ ।

नागेश्वरी जंगलमा लागेको आगो बस्तीमा पसेपछि घरहरूमा क्षति भएको हो । चारदिन अघिदेखि तमोर नदिको किनारबाट आगलागी सुरु भएको स्थानीयले बताएका छन् । गाउँपालिकाको दमकल, प्रहरी र स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

शुक्रबारमात्रै छातेढुंगाको अकबरे चोकमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको थियो । पछिल्लो एक महिना भित्र आगलागीबाट चुहानडाँडाका १४ घर सहित १९ घर जलेर नष्ट भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.