कोरोना विरुद्धको लडाइँमा जनता नै सिपाही : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री के पी शर्मा ओलीले कोभिड-१९ विरुद्धको जुधाइमा देशवासी नै सिपाही भएर भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।

हामी हरेकले लडाइँ गर्नुपर्छ, हामी सबै सिपाही हौँ, सरकारले जारी गरेका आदेशहरु पालना होस् भन्दै प्रधानमन्त्री ओलीले ती आदेशहरु आम जनताको स्वास्थ्यका लागि हो भन्नुभयो ।

मानवसेवा आश्रमको आठौँ वार्षिकोत्सव समारोहको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकका हरेक नागरिकलाई अवहेलित नभई सम्मानित जिन्दगी जिउन पाउने स्थितिमा पुर्‍याउन सरकार गम्भीर रहेको स्पष्ट गर्नुभयो ।

मुलुकमा मानवोचित समाज निर्माण गर्न सरकार दृढसङ्कल्पित रहेको पनि प्रधानमन्त्री ओलीले बताउनुभयो ।

सरकारले गर्ने काम आश्रमले गरेको भन्दै प्रधानमन्त्री ओलीले राम्रो काममा सरकारको सहयोग हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.