लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी

दाङ- लुम्बिनी प्रदेश सरकारबाट दुई  दल बाहिरिएका छन ।

नेकपा माओवादी केन्द्र र जनमत पार्टी सरकारबाट बाहिरिएको हाे ।

नेकपा माओवादीका तीन र जनमतका एक गरी चार जना मन्त्रीले आज राजिनामा बुझाउनु भएको छ ।

आर्थिक मामिला मन्त्री जाेखबहादुर महरा, भाैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, विभाग ताेकिएपनि पदभार नसम्हालेकी कृष्णा केसी र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले राजिनामा बुझाउनु भएको हो ।

मुख्यमन्त्री लिला गिरीलाई भेटेर भाैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु र आर्थिक मामिला मन्त्रीका स्वकीय सचिव भरत नेपालीले मन्त्रीकाे तर्फबाट राजिनामा बुझाउनु भएको हाे ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.