सत्ता साझेदार दलहरुको बैठक आज दिउँसो फेरि बस्ने

काठमाडौँ- मन्त्रिपरिषद विस्तारको बिषय टुँग्याउन बसेको सत्ता गठबन्धनको बैठक दिउसो फेरि बस्ने भएको छ ।
मन्त्रिमण्डल विस्तारबारे सहमति भइनसकेकोले बैठक दिउसो फेरी बस्न लागेको जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनु भएको छ ।
आज विहान बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको न्युनतम साझा कार्यक्रम सत्ता गठबन्धनका नेताहरुलाई उपलव्ध गराउनु भएको थियो ।
नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार सरकारमा सहभागी दलहरुको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा साँझ पाँच बजेसम्म दलहरूले आफ्ना विषय थप घट गर्ने गरी निर्धारण गरिएको छ।
मस्यौदामा साँझसम्म थपघट गरेपछि मात्रै भोलि अन्तिम रुप दिने र विहानको बैठकमा खासगरी सरकार गठनको बारेमा छलफल भएको र दिउँसो बस्ने बैठकमा थप छलफल हुने प्रमुख सचेतक लेखकले जानकारी दिनु भयो ।।






प्रतिक्रिया राख्नुहोस्