१ मिनेट २८ सेकेण्डमै सकियो मन्त्रीको वार्षिक समीक्षा !

श्रमिक सूचना बैंक स्थापना गरेको जानकारी

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले भर्चुअलरुपमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा डेढ मिनेटमै सकिएको छ । उहाँले मन्त्रालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा श्रमिक सूचना बैंक स्थापना गरेको संक्षिप्तरुपमा दिनुभयो ।

उहाँले सरकारले श्रम बजारसँग सम्बन्धित सूचनालाई एकीकृत गरी श्रम विनिमयका लागि सूचना उपलब्ध गराउने उद्देश्यले ‘श्रमिक सूचना बैंक’ स्थापना गरेको जानकारी दिनुभएको थियो ।
श्रमिक सूचना बैंकले बेरोजगार युवाको विवरण सङ्कलन गर्ने, आवश्यक प्रशिक्षण दिने र रोजगारदाताको आवश्यकतानुसार काममा लगाउन सहयोग पुर्‍याउने छ ।

श्रमिक सूचना बैंकको कार्यान्वयनबाट श्रम बजारमा रहेका तथा प्रवेश गर्ने १८ देखि ५९ वर्षका श्रमयोग्य जनशक्तिको ज्ञान, सीप, क्षमता, योग्यता र अनुभवसमेतको सम्पूर्ण विवरण सङ्कलन गर्ने र सोको विवरण विद्युतीय माध्यमबाट तथ्याङ्कका रुपमा उपलब्ध हुनेछ ।

विभिन्न क्षेत्र, पेशा वा व्यवसायमा संलग्न हुन चाहने वा हाल कार्यरत श्रमिकको विवरण तथा वैदेशिक रोजगारीमा गएका वा फर्किएका जनशक्तिमा रहेको सीप तथा योग्यताको समेत अद्यावधिक विवरण समेटी श्रमिक बैंकको अवधारणालाई संस्थागत गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.