चितवनमा एकैसाथ आठ स्रष्टा पुरस्कृत

चितवन- भरतपुर प्रज्ञा–प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई एकै साथ आठ जनालाई पुरस्कृत तथा सम्मान गरेको छ । प्रतिष्ठानले आईतबार एक कार्यक्रमका बीच फरक–फरक आठ वटा विधामा पुरस्कार वितरण गरिएको प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभयो ।

प्रतिष्ठानले नारायणी प्रज्ञा सम्मानबाट सहित्यकार तथा गीतकार प्रेमविनोद नन्दनलाई प्रदान गरिएको छ । यो पुरस्कारको राशि १ लाख ७८ रुपैयाँ रहेको छ । नेपाली भाषा, साहित्य, कला–संकृतिकव् क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दै नारायणी प्रज्ञा सम्मानबाट गरिएको हो ।

भरतपुर प्रज्ञा सम्मानबाट कलाकार ऋद्धिचरण श्रेष्ठलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि ५० हजार ७८ रुपैयाँ रहेको छ । श्रेष्ठलाई नेपालको कलाकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

यस्तै कृष्ण बम मल्ल प्रज्ञा सम्मानबाट लेखक डिआर पोखरेललाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि ५० हजार ७८ रुपैयाँ रहेको छ । नेपाली वाड्मय, लोकसाहित्य तथा संस्कृतिको क्षेत्रमा पुराएको योगदानको कदर गर्दै यो सम्मान गरिएको हो ।

चितवन प्रज्ञा पुरस्कारबाट प्रा.डा. लक्षमणप्रसाद गौतमलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि ५० हजार ७८ रुपैयाँ रहेको छ । वागीश्वरी प्रज्ञा पुरस्कारबाट स्राष्टा गायत्री श्रेष्ठलाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि २५ हजार ७८ रुपैयाँ रहेको छ ।

भरतपुर प्रज्ञा पुरस्कारबाट स्रष्टाहरु पोषराज पौड्याल, डा एकनारायण पौड्यल र सिर्जन अविरललाई सम्मानित गरिएको छ । यो पुरस्कारको राशि २५ हजार ७८ रुपैयाँ रहेको छ ।

स्राष्टाहरुलाई भरतपुर महानगरपालिका प्रमुख एवम् प्रतिष्ठानका कुलपति रेनु दाहालले स्रष्टाहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले भरतपुरमा भौतिक पूर्वाधारको विकासमा ठूलो फड्को मारिसकेकाले अन्य विविध क्षेत्रको विकास गर्न प्रज्ञा प्रतिष्ठानको गठन गरी अगाडि बढेको बताउनुभयो ।

उहाँले भरतपुरलाई सभ्य र सुसंकृत बनाउन सबै क्षेत्रको दीगो विकास हुन आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रुपमा मनाउन लागेकाले साहित्यिक क्षेत्रलाई समेट्न विभिन्न गोष्ठीहरु आयोजना गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना तथा सम्मानित स्रष्टाहरुले मन्त्वय राख्नु भएको थियो । कार्यक्रम प्रतिष्ठानका उपकुलपति ईन्द्रप्रसाद रेग्मीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.